काठमाडौं । भक्तपुरको बालकोटमा भएको बाबु र छोराको हत्यापछि फरार रहेका जेठो छोराले आज मंगलबार बिहान प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले बाबु र भाइको आफैले हत्या गरेको स्वीकारसमेत गरेका छन् ।
खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव सोमबार बिहान उनीहरू बस्दै आएको कोठामा भेटिएको थियो । तर कोठामा जेठा छोरा २५ वर्षीय मिलन आचार्य थिएनन् । उनी नभेटिएपछि अनुसन्धानको सुइँ उनैतर्फ सोझिएको थियो ।
उनले काठमाडौंको महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
शनिबार राति तीनजना बाबुछोरा सँगै खानपिन गरेर सुतेकोमा आइतबार र सोमबार बिहानसम्म उनीहरू बस्दै आएको दुवै कोठामा ताल्चा लागेपछि सो घरमा बस्दै आएकाहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले। ताल्चा फोड्दा दुई फरक फरक कोठामा बाबु छोराको शव भेटिएको थियो ।
बाबु छोरालाई ‘डमबेल’ ९शारीरिक सुगठनमा प्रयोग हुने० ले हानेर हत्या गरिएको पाइएको अनुसन्धानमा संलग्न कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईको भनाइ छ । यो डमबेल मिलनकै भएको उनको भनाइ छ ।
‘मिलन राति नै भाग्नु, बाहिरबाट चुक्कुल लगाएर हिँड्नु र हत्यामा उनैको शारीरिक सुगठन यन्त्र ९डमबेल० को प्रयोग हुनुले पनि घटना उनैबाट भएको भन्ने कुरा अनुमान गरिएको हो, निष्कर्षमा पुगिसकेका छैनौँ,’ उनले भने, ‘हेर्दा परिस्थितिजन्य देखिन्छ, हत्याको कारण यही नै हो भनेर अहिल्यै किटान गर्न सकिँदैन ।’
बिहान उनीहरू मृत फेला पर्नुअघि नै मिलन स्कुटी लिएर निस्किएका थिए । त्यसपछि उनको मोबाइल अफ गरेर बसेका थिए ।
आचार्य परिवार खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढीका बासिन्दा हुन् । कुलप्रसाद खोटाङ जिल्ला हुलाकका निमित्त प्रमुख थिए । उनी अफिसमा बिदा लिएर छोराहरू भेटेन काठमाडौं आएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया