काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेलाई निलम्बन गरेको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही आधारमा सोमबार संघीय संसद् सचिवालयले लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो ।
आज बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले लामिछानेलाई निलम्बन गरेको जानकारी गराएका हुन् । लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया