काठमाडौं । शेयर बजारमा सुधारको सङ्केत देखिएको छ । लगातार दोस्रो दिन मङ्गलवार शेयर बजारमा देखिएको वृद्धिले सुधारको सङ्केत देखिएको हो ।
यस दिन नेप्से सूचक १४.११ विन्दुले बढेर २६२६.३१ अंकमा आएको छ । आज पाँच अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको हो ।
यस दिन तीन वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज ११ वटा समूहका सूचक बढेका छन् । यस दिन ३१२ कम्पनीको एक करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया