काठमाडौं । सोमबार साँझ जिल्ला प्रहरी परिसर ललितपुरमा गोदावरी नगरपालिकामा पर्ने फुल्चोकीको जंगलमा केही व्यक्तिहरु बेपत्ता भएको खबर आयो ।
हिजो दिउँसो १० जना युवक र ३ जना युवती फुल्चोकी घुमेर फर्कँदा बाटो बिराएर हराएका थिए । खबर प्राप्त हुनासाथ प्रहरी टोली र स्थानीयहरु उनीहरुको खोजीमा जुटेका थिए ।
प्रहरी प्रभाग बाँणेगाउँबाट खटिएको टोलीले उनीहरुलाई राति नै फेला पारी जिल्ला प्रहरी परिसरमा राखेको थियो । उनीहरुलाई राति साढे ९ बजेको समयमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यस्तो छ हराएर फेला पर्ने १३ जनाको नामावली
१. जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष २७ को श्याम ओखेडा ।२. जिल्ला तनहुँ व्यास नपा ५ घर भई हाल किर्तिपुर बस्ने बर्ष २२ की सर्मिला गिरी ।
३. जिल्ला उदयपुर त्रियुगा नपा वडा नं ७ घर भफ हाल काठमाण्डौ पुरानो बानेश्वर बस्ने बर्ष २० को निशान खड्का
४. जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर पुल्चोक बस्ने वर्ष २२ को अशोक थापा मगर
५. जिल्ला कालिकोट तिलागुफा नपा वडा नं. ३ घर भई हाल भक्तपुर बालकोट बस्ने बर्ष २० को जीवन पाण्डेय ।
६। जिल्ला कालिकोट तिलगुफा वडा नं। ३ काखूवाडा घर भई हाल काठमाण्डौ बसन्तपुर बस्ने बर्ष २२ को सुरेश शाही
७. जिल्ला सर्लाही बागमती नपा वडा नं ९ शंकरपुर घर भई हाल भक्तपुर ठीमी बस्ने वर्ष २० को सागर थापा ।
८. जिल्ला बारा कोल्भी नपा वडा नं ४ सफाई घर भई हाल किर्तिपुर बस्ने वर्ष २७ को सुभास पौडेल
९. जिल्ला मोरङ बुढीगंगा गापा ६ गछ्या घर भई हाल कलंकी बस्ने वर्ष २५ की पुष्पा परियार
१०. जिल्ला अछाम पंचदेवल बिनायक नपा वडा नं ६ तोलि घर भई हाल किर्तिपुर बस्ने वर्ष २९ को दिनेश रावल ।
११. जिल्ला उदयपुर त्रियुगा नपा वडा नं ७ चकलआघार घर भई बालाजु बस्ने वर्ष २० को निश्चल बस्नेत ।
१२. जिल्ला मोरङ सन्दर हरैचा नपा वडा नं ३ गच्घ्या घर भई हाल कलंकी बस्ने वर्ष २५ की अम्बिका खड्का ।
१३. जिल्ला अछाम रामारोशन नपा वडा नं ८ भेरागाउँ घर भई हाल गठ्ठाघर बस्ने वर्ष २१ को रामलाल खत्री।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया