मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा महिला फेला

लोकपथ
602
Shares

काठमाडौं । मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा २२ वर्षीया युवती अर्धचेत अवस्थामा फेला परेकी छन् ।

मंगलबार दिउँसो कटहरी गाउँपालिका–२ स्थित धानखेतको बिचमा ती महिला अर्धचेत अवस्थामा फेला परेकी थिइन् । उनको मुखमा पट्टी बाँधेको अवस्थामा एक महिलाले खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । तत्काल उनको उद्धार गरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार ती युवतीको अवस्था शंकास्पद रहेको र सामूहिक बलात्कार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको अवस्था सुधार भइरहेको र अनुसन्धानको काम भइरहेको जोशीले बताए ।

ती युवती आज बिहान घरबाट निस्किएकी थिइन् । उनको शरिरमा निलडाम रहेको र कपडा समेत च्यातिएको अवस्था रहेको छ । उनको मुखमा पट्टी बाँध्नेहरुको खोजीकार्य भइरहेको जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?