बालकोटमा मारिएका बाबुछोराको अन्त्येष्टि, कुलप्रसादका ८१ वर्षीय बाबु षडानन्दले दिए दागबत्ति

लोकपथ
959
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित फिकाधारामा हत्या गरिएका बाबुछोराको मंगलबार राति अत्येष्टि गरिएको छ ।

शनिबार राति ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीया छोरा प्रविणको कुलप्रसादकै जेठा छोरा २५ वर्षीय मिलन आचार्यले हत्या गरेका थिए । उनीहरुको शव सोमबार बिहान मात्र फेला परेको थियो । मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेका कुलप्रसादले हत्या आफैले गरेको स्वीकार गरिसकेका छन् ।

मृतकहरुलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ति दिएका थिए । हिन्दु संस्कारको मृत्यु संस्कारअनुसार जेठो छोराका नाताले मिलनले नै दागबत्ति दिनुपर्ने हो । तर, परिवारका सबै उनीप्रति आक्रोशित भएका कारण कुलप्रसादका बाबुले दागबत्ति दिएका हुन् ।

दाहसंस्कारपछि षडानन्द नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन् । कुलप्रसादकी पत्नी रेजिना पनि श्रीमानको किरियामा छिन् ।

यो पनि

‘डिप्रेसन’ले निम्त्याएको बालकोट घटना : बुबा र भाइको हत्यापछि आत्महत्या प्रयाससम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?