पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह

लोकपथ
28
Shares

दाङ ।  पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गरेकी छन्  । 

नेपाल पत्रकार महासंघ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज घोराहीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीका समस्या समाधान गर्न आफूले विगतमा उच्च प्राथमिकता दिएको  बताइन् ।  उनले भनिन्, ‘राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको छ । ’

कार्यक्रममा महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले देश र नागरिकको पक्षमा सञ्चारकर्मी र सञ्चार जगतले गर्नुपर्ने दायित्व जिम्मेवारीपूर्वक वहन गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?