गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगन्जमा सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको वितरक नेपाल ल्युब आयल लिमिटेडले वीरगन्जमा इन्डष्ट्रियल पार्टनर सेमिनार सम्पन्न गरेको छ । कम्पनीले औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी ‘ड्राइभिङ पार्टनरसिप, फ्यूलिङ सक्सेस’ नाराका साथ इन्डष्ट्रियल पार्टनर सेमिनार सम्पन्न गरेको हो । 

कार्यक्रममा गल्फ इन्टरनेशनलका प्रतिनिधिहरूले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेंटको प्राविधिक पक्षका बरेमा चर्चा गर्दै स्टिल, सिमेन्ट, निर्माण, खानी लगायतका औद्योगिक क्षेत्रका लागि गल्फ लुब्रिकेंट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए । सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।  

कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईले नेपाल फ्यूल आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको बताए । उनले आगामी दिनहरूमा कम्पनीले सिन्थेटिक उत्पादनमा आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको पनि जानकारी दिए । 

फ्यूल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्षदेखि लगातार ग्राहक वर्गको रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?