६ सयले बढ्यो सुन, चाँदीको भाउ भने स्थिर

लोकपथ
210
Shares

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ६०० रुपैयाँले बढेर १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।

बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस २ हजार ६२८ डलरमा र चाँदी प्रति औंस २९.६९ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?