प्रभु बैंकका ग्राहकले भिभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलमा पाउनेछन् यस्ता छुट

लोकपथ
56
Shares

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले भिभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा दन्त सेवामा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक र भिभान्ता डेन्टल हस्पिटल तथा हिमाल डेन्टल हस्पिटल बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई डेन्टलको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यो सम्झौता पश्चात् प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा भिभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

उक्त सम्झौता पत्रमा भिभान्ता डेन्टलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट, हिमाल डेन्टलका महाप्रबन्धक किशोर भट्ट र प्रभु बैंकका चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?