हेटौंडा । हेटौंडामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको छ । हेटौंडा–५ गर्दौई र हेटौंडा–८ को सिमाना स्थित प्लटिङमा गैँडाको खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले हवाई फायर गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले सो टोलीले गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको बताए । घटनाबारे पूर्ण जानकारी निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको उनले बताए ।
उनका अनुसार विशेष सुराकी आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा हेटौँडा आएका ७र८ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया