कानुन सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह

लोकपथ
28
Shares
फाइल तस्बिर

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्  । 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रूपमा अघि बढेको बताए । ‘कानुन सबैका लागि समान हो । कानुनअनुरूप हुनुपर्ने हुन्छ, ‘उनले भने । 

उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताए । उनले भने, ‘संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।’

अहिलेको सरकारले अघिल्ला सरकारहरूले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री  सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उनले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताए ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट  देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले भने, ‘निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?