भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरुलाई सच्याउँदै अघि बढ्छौँ : मन्त्री पाण्डे

लोकपथ
98
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन्  । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका सरकारले बनाएको कार्य योजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उनको स्विकारोक्ति छ । उनले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्य योजनाको समीक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरूलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताए । उनले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमी कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘विमानस्थल सञ्चलानका सन्दर्भमा थुप्रै चुनौतीका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्य योजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्य योजनाअनुसार कामहरू भएका छन् भने कतिपय निकायहरूबाट भएको देखिँदैन । हुन बाँकी छन् । अब हामीले कार्य योजना कार्यान्वयनको समीक्षा गर्दै सबै मन्त्रालय अन्तरसम्बन्धित निकायहरूलाई कार्य योजनालाई अक्षरसः पालना गर्न र त्यहाँको हवाई यातायात सञ्चालनको लागि भएका कमी,कमजोरीहरुलाई सच्याउने दिशामा हामी अगाडि बढ्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?