मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ : प्रधानमन्त्री ओली

लोकपथ
959
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका हुन्

उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको बताए । अरूले भने अनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुले बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए । 

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्यांकन र सम्मान हुन नसके अरु देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताए । 

उनले नेपाललाई ४७ प्रतिशत जंगल राखेको सम्मान र कदर नगरे ३० प्रतिशत मात्रै जंगल राख्ने र बाँकी भूभागमा अन्न उब्जाएर खाने बताए । नेपालको अरूले चिन्ता नगर्ने तर नेपालले अरुको चिन्ता गरिरहनुपर्छ भन्ने नरहेको उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?