काठमाडौं । नेपाल–एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सम्पन्न भएको छ । पुस ५ र ६ गते आयोजना गरिएको राइडमा सहभागीहरूले काठमाडौंदेखि भोटेकोसी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्टसम्म २५० किलोमिटरको राउन्ड ट्रिप यात्रा गरेका थिए ।
यो कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मन पराउनेहरूको उल्लेखनीय सहभागिता रहेको एओजीले जनाएको छ । कार्यक्रममार्फत आयोजकले सहभागीहरूलाई रोमाञ्चक यात्राको अनुभवका साथै सामाजिक उत्तरदायित्वको संयोजन गर्ने उद्देश्य लिएको बताएको छ ।
‘राइड फर चेन्ज’ पहलअन्तर्गत समूहले भीमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । भीमसेन मा.वि. एक दुर्गम विद्यालय हो । जहाँ १३५ जना विद्यार्थी अध्ययनरत छन् । ती मध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बसोबास गर्दै आइरहेका छन् । यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरू वितरण गरेको आयोजकले बताएको छ ।
यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बन्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बन्जी अनुभव सँगाल्ने अधिकांशले पहिलो पटक यो रोमाञ्चक अनुभवमा लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया