देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँ : परराष्ट्रमन्त्री राणा

लोकपथ
112
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताएकी छन् । 

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरूमा काम गरिरहेको बताएकी हुन् । उनले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरे पनि अहिले सरकारले गरेका कामहरूबाट खुसी भएको बताइन् । 

उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गरिन् । उनले देशमा आएका संकटहरुको समाधानका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताइन् । उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताइन् । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताइन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?