काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भारतले एक सम्मानित नेतालाई गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘भारतले आफ्नो सबैभन्दा सम्मानित नेतामध्ये एक डा. मनमोहन सिंहलाई गु्माएको छ ।’
त्यस्तै प्रधानमन्त्री मोदीले सिंहको असाधारण पृष्ठभूमीबाट सुरु भएको यात्राले उनलाई सम्मानित अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बनाएको भन्दै प्रशंसा समेत गरेका छन् ।
‘डा. सिंह वित्तमन्त्रीदेखि प्रधानमन्त्रीसम्म महत्वपूर्ण भूमिकामा रहेर देशको सेवामा ठूलो योगदान गर्नुभयो । प्रधानमन्त्रीका रुपमा उहाँले जनताको जीवनस्तर सुधार्न अथक प्रयास गर्नुभयो । संसद्मा उनको विचारशील हस्तक्षेप सधैँ सम्झनलायक छ,’ मोदीले लेखेका छन् ।
सिंहको ९२ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो । उनी सन् १९९१ मा अर्थमन्त्री र सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया