चन्द्र भण्डारी भन्छन् : सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट आउने हो भने को बाँकी रहला ?

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दाको विषयमा हतार नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता भण्डारीले सम्पत्ति फोजदारी अभियोगको सबैभन्दा ठूलो कसुर मानिने उक्त मुद्दा जिल्ला जिल्लाबाट आउने हो भने नेताहरु छानबिनको दायरामा आउने तर्फ संकेत गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको तर्फ संकेत गर्दै उनले सो कुरा बताएका हुन् ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको विषयमा प्रश्न उठिरहेका बेला सत्तारुढ दलका नेताबाट यस्तो कुरा उठ्नुलाई चासोका साथ हेरिएको छ ।

‘सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बॅाकी रहन्छ को ? बुझ्ने कोशिस गर !!! प्रतिकृयामा रमाउने साथीहरु ले हतार नगरौँ की !!! सत्यलाई सत्य थाहा हुन्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?