काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उनले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेका बताइकी हुन् ।
उनले काटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवर्द्धन गर्नु रहेको बताइन् । उनले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्त्वपूर्ण हुने बताइन् ।
उनले भने, ‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवर्द्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्त्वपूर्ण छ । त्यस कारण पनि आजको यो महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरूले आफ्नो व्यवसाय बजारसम्म जोड्न ठाउँ पाओस् । कुनै न कुनै हदमा यो व्यवसाय संघले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । त्यो विस्तृत रूपमा अघि बढोस् । नेपाली सामग्रीहरू, नेपालमै उत्पादन भएका सामग्रीहरू किनौँ, प्रोत्साहन गरौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया