रोशीका विद्यार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

लोकपथ
56
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिका स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका चार सयजना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ । कम्पनीले विद्यार्थीहरुलाई विद्यालयको जाडो महिनाको पोषाक ट्रयाक सुट वितरण गरेको हो।

बाढी पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण धेरै जनधनको क्षति भएको काभ्रे जिल्लाको रोशी गाउँपालिका स्थित केहि क्षेत्रका विद्यालय र बालबालिका प्रभावित भएका थिए । जसका कारण बालबालिकाहरूको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरूलाई न्यानो पोषाकको आवश्यक भएकोले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी ट्रयाक सुट वितरण गरेको जनाएको छ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बीसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पदाधिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति थियो।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बीसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गरे । साथै असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउँदा, ससाना विद्यार्थीको मुहारमा खुसी देख्दा आफुलाई पनि खुसी लागेको उनले बताए ।

कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिए ।

कम्पनीका एजेन्सी मेनेजर अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागी धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?