निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छायाँमा पार्न खोजियो : मन्त्री पाण्डे

लोकपथ
91
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका छन् । 

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका हुन् । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने बताए ।

उनले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निरास हुने अवस्था नरहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने बताए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एशियाको सपना हुने दाबी गरे । उनले निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिन नहुने उल्लेख गरे ।

उनले सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पुर्‍याउनुपर्नेमा जोड दिए । 

उनले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?