काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको मृत्यु भएको छ । हृदयाघातका कारण शुक्रबार राति उनको नर्भीक अस्पतालमा मृत्यु भएको हो ।
पारिवारिक स्रोतकाअनुसार, उनलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । तर लानेबित्तिक चिकित्सकले मृत घोषणा गरेका थिए ।
८ असार, २०१० जन्मिएका वस्ती २०३३ सालदेखि कानुन व्यवसायमा प्रवेश गरेका हुन् ।
वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । उनी २०६५ साल भदौ २२ मा नियुक्त भई २०७० साल चैत २९ मा पदावधि नथपिएपछि अवकाश भएका थिए ।
सर्वोच्च अदालतबाट अवकाशपछि उनले ६ वर्षसम्म मानव अधिकार आयोगको सदस्यका रूपमा काम गरे ।पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नेतृत्वमा २०७१ कात्तिक २ देखि २०७७ कात्तिक १ सम्म उनले आयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले २०६४ सालमा सर्वोच्च बार एसोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’मा सदस्यका रूपमा काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया