प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्प्युटर सहयोग

लोकपथ
35
Shares

काठमाडौं । प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई ६ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् । 

अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आवद्ध लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं.२ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् । 

सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लबले आयोजना गरेको वृत्तचित्रको विशेष प्रदर्शनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताए । 

क्लबले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत् मर्मत, रंगरोगन र सन्देशमुलक चित्र सहित पाँच लाख ५० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ । 

सरस्वती आधारभूतलाई एक लाख मूल्य बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ । क्लबका अध्यक्ष श्रेष्ठले आज बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बनेपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गरेका थिए । 

यसै गरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई  ३० हजार र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि  १५/१५ हजार सहयोग गरेको छ । 

अमेरिकामा रहेका बालमन्दिर माविका पूर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लव अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधिका सामग्री सहयोग गरिएको हो । कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रविधिको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?