सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण संचालन

लोकपथ
98
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ संचालन भएको छ । उक्त प्रशिक्षणको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुस १३ गते ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । 

महानिरीक्षक अर्यालले ६ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई समेटी अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई दक्ष एवं अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यकासाथ संचालन गर्न लागिएको बताए ।

उनले बालवालिकाहरुलाई फुटबल खेल्ने अवसर प्रदान गरी सहभागिता गराउन तथा भविष्यमा समेत उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गरिएको ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरुको बौद्धिक, भावनात्मक र शारीरिक विकासमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे । 

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालयको परिषरमा नवनिर्मित बक्सिङ रिङ्गको समेत उद्घाटन गरे। उहाँले बक्सिङ विधाका खेलाडीहरूलाई प्रशिक्षण कार्यमा सहजताको लागि नेपाल एपीएफ बक्सिङ बेसिक ट्रनिङ रिङ्गको समेत निर्माण गरी प्रशिक्षण गराउन लागिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?