जानकी मन्दिरमा बेलायती राजदूत दम्पतीले मनाए २२औँ वैवाहिक वर्षगाँठ 

लोकपथ
42
Shares

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन् । मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले २२ औँ वैवाहिक वर्षगाँठ मनाएका हुन् । 

त्रेतायुगमा भगवान् रामजानकीले जनकपुरमै विवाह गरेकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको बताए । फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुलाहीले शौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) लगाएकी थिइन् ।

बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुल्हा,दुल्हनझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर जानकी मन्दिरमा दर्शन पनि गरे । फेनले भुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाए । उनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?