‘शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकतासँग मेल खाने बन्न सकेनन्’

लोकपथ
49
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गरेका छन् । शनिबार त्रिभुवन विश्वविद्यालयद्वारा दरशथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भौतिक पूर्वाधारको सीमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरूलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरू विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताए । उनले विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको बताए । उनले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतीहरू रहेको र त्यसको सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने बताए । उनले उपाधि हासिल गरे पनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न नसकिरहेको भन्दै विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको बताए । 

मन्त्री भट्टराईले विश्वविद्यालयका चुनौतीहरू समयमै सुधार गर्नुपर्ने बताए । चुनौतीका रुपमा देखापरेका विषयलाई सुधार गर्नसकेमात्रै विश्वविद्यालयको उचाइलाई जीवित राख् नसक्ने बताए । शैक्षिक कार्यक्रमहरु रोजगार क्षेत्र र बजारको मागअनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गर्न सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?