दक्षिण कोरिया विमान दुर्घटना : १८१ जनामध्ये उद्धार गरिएका दुई जना मात्रै जीवित रहेको आशंका

लोकपथ
217
Shares

काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका दुई जना बाहेक सबैको मृत्यु भएको आशंका गरिएको छ । चालक दलका ६ जना सदस्य र १७५ जना यात्रुसहित १८१ जना सवार सो कोरियाली विमान धावनमार्गमै दुर्घटनामा परेको थियो ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको जनाएको छ । बैंककबाट फर्किएको जेजु एयरको सो विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको थियो । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?