काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । शुक्रबार दायर गरिएको कानुनी कागजातअनुसार उनले वार्ताबाट समाधानको लागि समय दिन माग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
यो कागजात जोन साउरद्वारा दायर गरिएको थियो । जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गरेका थिए । कागजातमा ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकलाई तत्काल प्रतिबन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट समस्या समाधान गर्ने आशा गरेको उल्लेख छ । ट्रम्पले टिकटकलाई संयुक्त राज्यमा सञ्चालन जारी राख्न अनुमति दिन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया