काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएपछि काभ्रेको सांगामा आकस्मिक अवतरण गरिएको छ ।
हेलि एभरेष्टले हेलिकप्टरमा चरा ठोक्किएकाले पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको जनाएको छ । चरा ठोक्किए पनि एयरक्राफ्टमा कुनै ड्यामेज नभएकाले हेलिकप्टर पुनः उडाउने तयारी भइरहेको पनि सो कम्पनीले जनाएको छ । हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया