रोयल इन्फील्ड ‘अनलाइन सर्भिस कुइज’का तीन जना विजेतालाई हेलमेट पुरस्कार 

लोकपथ
0
Shares

काठमाडौं । रोयल इन्फील्ड मोटरसाइकलको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले अनलाइन सर्भिस कुइजका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

कम्पनीले आफ्नो वयर हाउस बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी सो सर्भिस कुइजका तीन जना विजेतालाई जनही एक–एक वटा हेलमेट पुरस्कार प्रदान गरेको हो । कम्पनीले ललितपुर बागडोलका रवीन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिका काठमाडौँका रीतिज सापकोटा र काठमाडौँ मैपिका सचिन आलेलाई सो पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार रोयल इन्फील्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले प्रदान गरेका थिए । अनलाइन कुइज कार्यक्रम गत कात्तिक १२ गतेदेखि पुस १० गतेसम्म सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा भाग लिएका ६०० जनाले मध्ये तीन जनालाई लक्की ड्र मार्फत पुरस्कृत गरिएको थियो । सहभागीले फ्री सर्भिस चेकअप, फ्री वासिङको सुविधा पाएका थिए ।

सोही अवसरमा अल्फा अटोमोटिभले ‘सर्भिस मेइस्ट्रो’ पनि लन्च गरेको छ । सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फील्ड मोटरसाइकल ग्राहकले हरेक वर्षको चार सभिसीब्मा पार्ट, मर्मतसम्हार लगायतका सेवामा विशेष छुट पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?