काठमाडौं । यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्समार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गरेको छ । यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपसहित तालिमको आयोजना गरेको हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको एमएडब्लुले जनाएको छ ।
कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङकी), भक्तपुर, सिन्धुली, पोखरा लगायतका क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरुको सहभागिता रहेको थियो। अन्तरक्रियात्मक र वास्तविकतामा आधारित परिदृश्यहरू मार्फत यामाहा राइड आउट कार्यक्रमहरू र सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउनका लागि यी लिडरहरूलाई रोड मार्शलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य रहेको कम्पनीले जनाएको छ।
एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले नेतृत्व मार्गदर्शन मात्र नभएर जिम्मेवारी पनि भएको बताए । उनले ब्लु स्ट्रिक्स लिडरहरूलाई ज्ञान र सीपहरूद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरुप तालिम संचालन गरिएको बताए ।
रोड मार्शल तालिममा लगानी गरेर यामाहाले आफ्ना लिडरहरू ब्रान्डका एम्बेसडर मात्र नभई सडक सुरक्षा र जिम्मेवार सवारीको पैरवीकर्ता पनि हुन् भन्ने कुरा पुष्टि गरेको एमएडब्लुको दावी छ । ब्लू स्ट्रीक्स यामाहा नेपाल अन्तर्गतको एक राइडर कम्युनिटी पहल हो जसको उद्देश्य यामाहाका सञ्चालहहरू बीच सार्थक सम्बन्ध सिर्जना गर्ने हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया