कोरिया । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ । १८१ जनामध्ये दुई जनामात्र बाँच्न सफल भएको र अन्य सबैले ज्यान गुमाएपछि एयरलाइन्सले विज्ञप्तिमार्फत माफी मागेको हो ।
६ जना चालक दलका सदस्य र एक सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।
जेजु एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी बेहोनु भएका सबैमा हामी जेजु एयर शिर झुकाएर माफी चाहन्छौँ । हामी यस घटनाको वास्तविकता पत्ता लगाउन हरसम्भव प्रयास गर्नेछौँ । हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ ।’
दुर्घटनाग्रस्त विमानबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन् । विमान के कारणले दुर्घटना भयो भन्ने कारण खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया