काठमाडौं । श्रीलंकाको लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय राजदूत र माल्दिभ्सको लागि गैर आवासीय राजदूतमा अनुमोदन गरेको हो ।
बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको बताए । सरकारले गत मंसिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र माल्दिभ्सको गैर आवासीय नेपाली राजदूत पदमा प्रस्ताव गरी पठाएको थियो ।
समितिले राज्यका कुनै पनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रहसमेत गरेको छ । समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवादसमेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया