यामाहाको वित्तीय योजनाः ‘ड्रिम इट वन इट’ ७.९९ प्रतिशतको ब्याजदरमा बाइक र स्कुटर

लोकपथ
42
Shares

काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना सार्वजनिक गरेको छ । यामाहाले ‘ड्रिम इट वन इट’ अन्तर्गत ७.९९ प्रतिशतको ब्याजदरमा बाइक र स्कुटर खरिद गर्न सकिने वित्तीय योजना ल्याएको हो ।

यो योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको ठहर छ। यो सीमित अवधिको लागि लागु भएको छ ।

‘ड्रिम इट वन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुने पनि कम्पनीले जनाएको छ। ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन्।

साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ईएमआई योजना रोज्ने सुविधा प्रदान गर्दछ।

यामाहा नेपालले ‘टेस्ट राइड एन्ड वीन’ अभियान पनि ल्याएको छ। यस अभियानअन्तर्गत हरेक ग्राहकले यामाहा टेस्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्रमार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपककुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भने, ‘ड्रिम इट वन इट’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं।

यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफआई नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई उत्कृष्ठ सवारी अनुभव प्रदान गर्नेछ।’

यामाहा नेपाल, एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?