काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले बस्नेतविरुद्ध नौ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।
अख्तियारले बस्नेत र उनकी पत्नीमाथि नौ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बस्नेतमाथि पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ । अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि नौ करोड २२ लाख रुपैयाँ बिगो माग दाबीसहितको मुद्दा दायर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया