पार्टीलाई सच्याउन ओलीको किताब पढ्न एमालेजनलाई विन्दा पाण्डेको सुझाव

लोकपथ
1.4k
Shares

काठमाडौं । नेकपा एमालेबाट ६ महिनाको निलम्बनमा परेकी निलम्बित स्थायी कमिटी सदस्य विन्दा पाण्डे कारबाहीको अवधिलाई रचनात्मक बनाउने तयारी छन् ।

गत बुधबार एमाले सचिवालय बैठकले पाण्डेलाई एमालेले ६ महिना निलम्बनको निर्णय गरेको थियो । त्यससँगै सामाजिक सञ्जालमा उक्त अवधिलाई आफूल सिर्जनात्मक र रचनात्मक बनाउने बताएकी थिइन् ।

उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ किताब पढ्न सुझाव दिएकी छन् ।

पार्टीले कारबाही गरेपछि धेरै व्यक्तिले सुभेच्छ्या राखेर सम्पर्क गर्न खोजे पनि आफूले नभ्याएको बताउँदै सबैको सद्भावप्रति ऐक्यबद्धता जनाएकी छन् । साथै उनले पार्टीलाई सच्चिने बाटोमा अघि बढाउन अध्यक्ष ओलीको किताब पढ्न सुझाव दिएकी हुन् ।

‘पार्टीले हालै गरेको निर्णयका सन्दर्भमा धेरै जनाको कल उठाउन र मेसेजको सम्वोधन गर्न भ्याएकी छैन । सवैजनाको सद्भाव, ऐक्यवध्दता र भरोषाप्रति आभार। अहिलेलाई पार्टीपंतिले अध्यक्ष कमरेडको पुस्तक पढौ । यही अनुसार पार्टी संचालन गरौ । पार्टी सच्चिने बाटोमा अगाडी बढ्नेछ,’ उनले किताबको तस्बिर सार्वजनिक गर्दै भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?