काठमाडौं । नेकपा एकीकृत समाजवदीमा प्रवेश गर्ने तयारी गरेका वामदेव गौतमले माधवकुमार नेपालसँग भेटेका छन् ।
सोमबार दिउँसो नेपाल कम्युनिष्ट पार्टी एकता अभियानका संयोजक समेत रहेका नेता गौतम नेपाललाई भेट्न एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए ।
पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ।
त्यसो त केही दिन अघि सम्पन्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले नेता गौतमलाई पार्टीमा स्वागत गर्ने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया