शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउँ, हाम्रो साथ रहन्छ : प्रचण्ड

लोकपथ
280
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो नाम जोडिएपछि आपत्ति जनाएका छन् ।

प्रचण्डका पूर्व स्वकीय समेत रहेका विकेश श्रेष्ठले शेरा दरबारको सयौँ रोपनी जग्गा आफ्नो नियन्त्रणमा पुर्याएका छन् ।

उक्त जग्गाबारे आफ्नो समेत नाम जोडिएपछि प्रचण्डले बुधबार झापामा आयोजित खबरदारी सभामा आपत्ति जनाए । उनले १२–१५ वर्ष पहिले नै पार्टी छाडेका विकेशलाई आफूसँग पुनः जोडेर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’

त्यस्तै भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?