काठमाडौं । गुरुङ समुदायको तमु ल्होसारका अवसरमा प्रमुख अथितिका रुपमा बोलाइएका प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा चुनौतीलाई कारण देखाउँदै अनुपस्थित भएका छन् ।
आज काठमाडौंको टुँडिखेलमा भव्य तमु ल्होसारका अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ प्रधानमन्त्री ओलीलाई प्रमुख अथितिका रुपमा निमन्त्रणा गरिए पनि अन्तिममा प्रधानमन्त्री ओली उपस्थित नभएका हुन् ।
प्रधानमन्त्री ओलीले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यक्रममा पठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया