टुँडिखेलमा तमु ल्होसार (तस्बिरहरू)

लोकपथ
70
Shares

काठमाडौं ।  गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् । ‘तमु ल्होसार’ पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न पहिरसहित संस्कृति दर्शाइएको थियो ।

तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?