काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।
कम्पनीले पुस १ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिने जनाएकोमा म्याद थप भएर पुस १६ गतेसम्म कायम गरेको थियो । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । जसमा १०० अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद शेयर खुला भएको हो ।
हकप्रद शेयरका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरेको थियो । कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया