जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
217
Shares

धनकुटा । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका–२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

लिम्बुले ती बालिकालाई ललाई फकाई चौबिसे गाउँपालिका–६ राजारानीस्थित होटेलमा लगेर पुस ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?