सर्लाही । भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका–२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया