काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ । अहिले सातौं नम्बरका आरती गुरुङको बयान चलिरहेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको हो ।
उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरू हुने भएको छ । जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले आरतीको बयान अन्तिम चरणमा रहेको र सकिएलगत्तै तत्कालै थुनछेक बहस सुरू हुने स्रेस्तेदार बताए ।
अदालतले सुरुमा पूर्वडीआईजी छविलाल जोशीको र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान लिएको थियो । त्यसपछि लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते दुई चरणमा गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध १ अर्ब ५१ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया