काठमाडौं । मंगलबार नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले पार्टीको १०० दिने विशेष अभियानको समापन र राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कार्यक्रम आयोजना गर्यो ।
काठमाडौंको नयाँबजारस्थित क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथी थिए पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा । उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका सभापति देउवालाई शारीरिक अवस्थाका कारण मञ्चबाटै उठ्न कठिन परेको देखिएको छ ।
कार्यक्रमको सुरुमा काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले आफ्नो शुभकामना मन्तव्य राखे । त्यसपछि कार्यक्रम प्रस्तोताले राष्ट्रिय गानका लागि आह्वान गरे । प्रमुख अतिथीका रुपमा मञ्चमा रहेका देउवा उठ्न खोजे तर कठिनाइ देखियो ।
उनले अझै जोडबल गरेर अघि रहेको मेच र सोफामा हातले टेकेर उठ्न खोजे तर सकेनन् । कार्यक्रमको अतिथीका रुपमा देउवाको दायाँ रहेका नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसी र बायाँ रहेका काठमाडौं जिल्ला सभापति बानियाँले हातमा समातेर देउवालाई उठाए । बल्लबल्ल उभिएका देउवालाई उभिएर राष्ट्रिय गानको अवधि, शहीदहरुको सम्झनामा मौनधारण गरिरहँदा पनि असहज देखिन्थ्यो । शारीरिक कमजोरीका कारण देउवा निरन्तर हल्लिरहेका देखिन्थे । साथै अनुहारमा असहजताको भाव समेत देखिन्थ्यो । त्यसैक्रममा कांग्रेसका शीर्ष नेताहरुको तस्बिरमा माल्यार्पण गराउन मञ्चबाट तल ओर्लिन समेत देउवालाई कठिन परेको थियो । भित्तामा समाउँदै तल ओर्लिएर तस्बिरमा माल्यार्पण गर्दा समेत देउवालाई अप्ठेरो परिरहेको थियो ।
अहिले देउवा उमेरले ७८ वर्ष पुगेका छन् । देउवाको जन्म विसं २००३ साल जेठ ३१ गते डडेलधुराको गन्यापधुरामा भएको थियो । लामो राजनीतिक जीवन बिताएका सभापति देउवा देशको ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । दुईपटक कांग्रेस पार्टी सभापति बनेका देउवा नेकपा एमालेको सहयोगमा अब पुनः प्रधानमन्त्री बन्ने बाटोमा छन् । नेपाली कांग्रेसको विधान अनुसार अब भने देउवा सभापतिमा उठ्न पाउँनेछैनन् ।
भिडियो हेर्नुहोस् :
https://www.facebook.com/subas.ghimire.39/videos/563461093336638
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया