अख्तियारद्वारा अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
203
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उपभोक्ता समितिका केही पदाधिकारीसमेतलाई प्रतिवादी बनाएर आज मंगलबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा तत्कालीन अध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृतहरू पुरण गुरुङ, कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर नवीन थापा, सव इन्जिनियर सूर्यप्रसाद पौडेल, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद पौडेललगायत छन् ।

उनीहरुसँग ३५ लाख २९ हजार ३३१ रूपैयाँ बिगो र कैद सजाय मागदाबी गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ मा आ.व. २०७५/०७६ र ७६/७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरेको साथै ७६/७७ मा गाउँपालिकाबाट सम्पन्न गरिएको तल्लो बजार नाला तथा ढलान भत्किएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?