एउटै प्रधानमन्त्रीले पाँच वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन हुनुपर्छ : महामन्त्री शर्मा

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताए । उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए  । उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताए । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको बताए । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्ने गरी ल्याउनुपर्ने बताए । 

सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो । उनले जन्म मितिले नयाँ राजनीतिक दलहरू नभई प्रवृत्तिबाट राजनीतिक दलहरू आवश्यक रहेको बताए । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?