काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा उद्योगी अञ्जन श्रेष्ठ नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोषको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने गरी श्रेष्ठलाई नियुक्त गरेको हो ।
श्रेष्ठ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । १३ सदस्यीय सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहन्छन् ।
मन्त्रालयका सचिव कोषको सञ्चालक समितिको अध्यक्ष हुने प्रावधान छ । सदस्यहरू भने मन्त्रीस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था छ । १३ सदस्यीय सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहन्छन् ।
कोषमा हाल रोजगारदाताका तर्फबाट महासंघबाट श्रेष्ठ, नेपाल उद्योग परिसंघबाट गोकुल भण्डारी र होटल एसोसिएसन नेपालबाट समिका बुढाथोकी सदस्य छन् । त्यस्तै ट्रेड युनियनका तर्फबाट जगतबहादुर सिंखडा, वेदनिधि निराला भट्टराई र सुनिता थापाको प्रतिनिधित्व छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया