कर्णाली प्रदेशका विद्यार्थीलाई महालक्ष्मी विकास बैंकले दियो छात्रवृत्ति 

लोकपथ
21
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) पास विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका कर्णालीका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । 

विद्यार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटसँगको समन्वयमा बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको छ । 

यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहनामा गतिशीलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?