काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भण्डारण गरिने जलस्रोतका परियोजनाहरूको सम्बन्धमा छुट्टै ऐन बनाउन सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका बैठकमा उनले यस्तो सुझाव दिएको छ । उनले नदीनालाहरू सम्बन्धी परियोजना र ड्याम बनाएर जलस्रोत भण्डारण गर्नुपर्ने परियोजनामा धेरै फरक हुने बताए ।
उनले जलस्रोतको लागि भनेर एउटा ऐन बनाएर मात्र नपुग्ने बताए । उनले भण्डारण गरिने जलस्रोतसम्बन्धी ऐन बनाउन नसके जलस्रोतको उपयोग र त्यसबाट मुनाफा लिन नसकिने जिकिर गरे ।
उनले ऊर्जा हावाबाट पनि निकाल्न सकिने उल्लेख गर्दै नेपालको सन्दर्भमा पानीको विकल्प नरहेको बताए । उनले पानीको लागि धनि छौँ कि गरिब ? भन्ने बहस गर्नुभन्दा उपलब्ध जलस्रोतको सदुपयोगमा ध्यान दिन जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया